२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्छः अध्यक्ष नेपाल

३ फागुन, लेखनाथ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ ।” नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो । सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए ।

सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको छ हेराैँ त्यो प्रयास सफल हुन्छ कि हुँदैन । “ देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔँ ”, अध्यक्ष नेपालले भने ।

आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने कुरा उनले स्पष्ट पारे । कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लागयतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि अध्यक्ष नेपालले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ११:५३