कहिलेसम्म कायम सेयरधनीहरूले पाउछन् प्रभु इन्स्योरेन्सले वितरण गर्ने लाभांश ?
३ फागुन, काठमाडाैं । प्रभु इन्स्योरेन्सले वार्षिक साधारणसभा बाेलाएकाे छ। संस्थाकाे २७ औँ वार्षिक साधारणसभा फागुन २२ गते काठमाडाैंकाे तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश पारित गर्ने छ । साथै, उक्त सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरू पारित गर्नेछ ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गतेसम्म नेप्सेमा काराेबार भइ कायम र।हेका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ११:२७