५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

एसर्इर्इ ग्रेड बृद्धि परीक्षाको नतिजा नअाउँदा विद्यार्थी मारमा, अध्ययनका लागि भर्ना हुन पाएनन्

–श्रीकृष्ण खतिवडा

१३ असोज, नुावकोट । यस बर्षको एसर्इर्इ परीक्षाको नतिजा असारको पहिलो हप्ता आए पनि त्यति सुखद रहन सकेन । नतिजा सार्वजनिकमा भएको गम्भीर त्रुटी र अन्य त्रुटीले परीक्षाफलले विद्यार्थीमा निराशा छायो । अधिकंश विद्यार्थीलाई कुनै कुनै बिषयमा ग्रेड D वा सो भन्दा कम आयो।

ती विद्यार्थीले ग्रेड वृद्धिका लागि पुनः परिक्षा २०७५ साउन २१ गतेबाट दिएपनि हालसम्म उक्त परिक्षाको नतिजा प्रकाशन नगर्दा विद्यार्थीलाई क्याम्पस भर्ना गर्न र बिषय छनोटमा निक्कै असहजता भएको छ । नुवाकोटको बेलकोटगढी ६ मा रहेको मालिका माविकी छात्रा सिर्जना खतिवडा परीक्षाफल प्रकाशनमा भएको ढिलाइले निराश बनाएको बताइन ।

त्यस्तै कमरूदेवी माविका एक शिक्षक समयमै नतिजा प्रकाशित नगर्दा बिद्यार्थी भर्नादर निक्कै कम रहेको बताउँछन । पहिलेको बर्षहरुमा माध्यामिक शिक्षा परिषदले परिक्षा लिने र नतिजा निकाल्ने काम गर्ने र छिटो हुनु गर्दथ्यो। तर यो पटक जिल्ला शिक्षा सम्मनवय ईकाईले गर्ने भएकाले ढिलो भएको अधिकारिहरुको बुझाई छ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १८:३०