अश्लिल भिडियो देखाएर करोडाैँ बार्गेनिङ गरेको आरोप लागेकालाई नेफ्टा अवार्डको मार्केटिङको जिम्मा
२ फागुन, काठमाडौँ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को ११ औँ नेफ्टा फिल्म अवार्ड चरम विवादित बनेको छ । अवार्डको नाममा मानवस्तकरी गर्न खोजेको भनेर संघभित्रै बिरोध भैरहेको समयमा केही महिनाअघिमात्र एक जना मोडल र व्यापारीको अश्लिल भिडियो देखाएर ७ करोड रूपैयाँ बार्गेनिङ गरेको आरोप लागेका व्यक्तिले नेतृत्व गरेको उपलब्धि मिडियालाई मार्केटिङको जिम्मा दिएको पाइएको छ । भण्डारी उपलब्धि मिडियाको
गत जेठ १२ गते पक्राउ परेका उमेश भण्डारीसहितका सात जना असार १२ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृपासुर कार्कीको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले एक लाख, दुई लाख र साँढे दुईलाख धरौटीमा सातैजनालाई छाड्न आदेश दिएको थियो । त्यसपछि काभ्रे स्थायी घर भएका भण्डारीसहित सुजन आचार्य र बसन्ता खनालसँग अदालतले जनही साँढे २ लाख रूपैयाँ धरौटी मागेको थियो । यो मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौँमा विचराधिन रहेको छ ।
यो पनि पढ्नुहोस्
-प्रधानमन्त्रीको उपस्थिति बेच्ने नेफ्टाको प्रयास तुहियो, आयोजकको वैधतामा प्रश्न
–रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !
–नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)
–मिडियाको नाममा मानवतस्करीको धन्दा, ओएस नेपालका कार्की र डाँगीविरूद्ध मुद्दा चलाउने तयारी
–दूतावासलाई झुक्याएर मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न सांसदद्धय थापा र नेपालीको माग
–मानवतस्करीमा नेकपा सांसदको संलग्नताबारे छानविन हुँदै, शाहको संयोजकत्वमा समिति गठन
-मिडिया अवार्डका नाममा पत्रकार महासंघको नाम बेचेर चन्दा संकलन, चाैतर्फी बिरोध
–चन्दाका लागि पत्रकार महासंघको नाम बेचिएको ‘मिडिया अवार्ड’मा प्रचण्ड सहभागी नहुने
चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले अवार्ड नै अमेरिकाको कम्पनीलाई बेचेपछि संघभित्रै भाँडभैलो छ । जिल्ला प्रशासन कार्यालयमा समेत पछिल्लो समय नविकरण नभएको संघको नयाँ नेतृत्वको चयनको विषय पनि नजिकै रहेका कारण अहिले नेफ्टा किनेका संस्थाहरूले यो ११ औँ संस्करण आयोजना गर्न नै पाउँछन भन्ने पनि कुनै ग्यारेन्टी छैन । संघको नयाँ नेतृत्व चयनका लागि फागुन ११ गतेका लागि अधिवेशनसहितको साधारणसभा बोलाइएको छ । अहिलेको लामा नेतृत्वको समूह अधिवेशनबाट नेतृत्वबाहिर पुगे नेफ्टाको ११ औँ संस्करणका नाममा जे भैरहेका छन ती सबै काम रद्ध हुने संघका एक पूर्व पादधिकारीले दैनिकीलाई जानकारी दिए ।
यसअघि नेफ्टाको नाममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको उपस्थित गराए बढीभन्दा बढी मानिस अमेरिका पुर्याउन रचिएको योजना प्रधानमन्त्रीको सचिवालयले चकनाचुर पारिदिएको थियो । नेफ्टा विवादित भएको सुइँको पाएको प्रधानमन्त्रीको सचिवालयले बैठकको व्यस्ततताको कारण देखाउँदै प्रधानमन्त्रीलाई कार्यक्रममा उपस्थिति हुन रोकेको थियो ।
गैर नाफामुलक संस्था नेपाल चलचित्र प्राविधिक संघले गर्दै आएको अवार्ड यस पटक व्यापारिक कम्पनीलाई बिक्री गरिएको संघका अध्यक्ष पुस्कर लामाले दैनिकीसँगको कुराकानीमै यसअघि नै बताएका थिए । उनले बिक्रीको मूल्य नखुलाए पनि अवार्ड अमेरिकाका केही कम्पनीलाई बेचेको स्वीकार गरेका थिए । संस्थाका अन्य सदस्यहरुले नाफाका लागि हुने साझेदारी संस्थाको नीति, विधान र नेपालको कानुनविपरीत भएको भन्दै विरोध जनाएका छन् । उनीहरूको आफ्नो मतसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगिसकेका छन ।
प्रकाशित मिति : 20:53









