२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कांग्रेस नेतृत्वको गठबन्धन ताेडेर नयाँ सरकार बनाउनु एमालेको सफलता हो : केपी ओली

२ फागुन, काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताएका छन् ।काठमाडौंमा मंगलबार अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताएका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताएका हुन् ।

पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उनले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाएका छन् । तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उनले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाएका छन् ।

संसदको बनावट अस्थिर राजनीतिकको कारक बन्ने खालको रहेको भन्दै ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो । कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन ।’

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १६:१२