१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राप्रपाको एक भोट ओलीलाई, फोरमको निर्णय अाज

२७ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले शनिबार विज्ञप्ति मार्फत राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आज हुने मतदानमा समर्थन गर्ने निर्णय भएको उल्लेख गरेका छन ।

सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । प्रतिनिधिसभामा राप्रपाका एक सदस्य रहेका छन ।

यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गर्न आज १२ः०० बजे पार्टीको संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि नै बताइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार ०५:३७