२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियाे, यस्ताे आयाे निर्णय

२८ माघ, काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएकाे छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

उनले बैठकपछि पत्रकारसँग कुरा गर्दै भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको जानकारी दिए । उनले यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति नरहेको बताउँदै बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको जानकारी दिए ।उनले आजको बैठकमा राष्ट्रपति चुनावबारे छलफल नभएको समेत बताए ।

यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा सकारात्मक छलफल भएको बताए । उनले आगामी दिनमा गठबन्धनभित्रको छलफललाई निरन्तरता दिने सहमति भएको पनि बताए । सत्ता साझेदार दलहरुबीच आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने सहमत भएकाे समेत उनले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार ११:५६