२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित

२८ माघ, सिन्धुली ।  नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित भएको छिन्। अधिवेशन भएको सात महिना पछी उनि अध्यक्षमा निर्वाचित भएकी हुन्। अखिल नेपाल महिला संघ सिन्धुलीको गत भदौ ४ र ५ गते भएको पाँचौ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको थियो ।

अध्यक्ष मण्डलले सदस्यहरुको चाहना विपरित जवर्जस्त नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्दै महिलाहरुले अध्यक्ष मण्डलको माईनुट च्यातेपछि अधिवेशन टुंगोमा नपुगी सकिएको हो थियो। अखिल नेपाल महिला संघको मस्यौदा विधान २०७८ अनुसार सदस्य छनौटपछि छानिएका सदस्यहरुको पहिलो बैठकले पदाधिकारी चयन गर्ने व्यवस्था भए पनि अध्यक्ष मण्डलले हस्तक्षेप गरेर अवैधानिक तरिकाले पदाधिकारी चयन गरेको भन्दै सदस्यहरुले अध्यक्ष मण्डलका अध्यक्ष रश्मिला देवकोटाको हातको माईनुट खोसेर च्यातेका थिए।

बन्धसत्त्रमा बहुमत प्रतिनिधीहरु पार्वती भट्टराईको पक्षमा रहदाँ पनि अध्यक्ष मण्डलले अध्यक्षमा मेनुका तिमल्सिना, उपाध्यक्षमा राधा कार्की, सर्मिला माझी, सचिवमा रमा कार्की, कोषाध्यक्षमा भद्रा राजभण्डारी र सहसचिवमा तुलसा देवकोटाको नाममा सहमति भएको निर्णय गरेको थियो । विधानको धारा २९ मा रहेको सदस्य तथा पदाधिकारी चयनको व्यवस्था अध्यक्ष मण्डलले उलंघन गरेको भन्दै भट्टराई पक्षले अखिल नेपाल महिला संघ केन्द्रीय कार्यालमा निवेदन दिएका थिए।

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष थममाया थापाको प्रमुख आतिथ्यतामा भएको वृहत्त छलफलमा सहमती नजुटेपछी भट्टराई र तिम्लसिना विचमा अध्यक्ष पादको लागि चुनाव गरिएको थियो।आज भएको मदानमा भट्टराईले ३६ मत पाएर विजयी भइन् भने २६ मत सहित मेनुका तिम्लसिना उपविजेता बनिन्। अधिवेशनमा छनोट भएका ६७ सदस्य मध्ये ६२ जनाले मतदान गरे भने ५ जना अनुपस्थित रहेका थिए। यसअघि नै अध्यक्ष बाहेक उपाध्यक्षमा प्रमिला वाइवा र राधा कार्की सचिवमा रमा कार्की उपसचिवमा तुलशा देबकोटा त्यस्तै कोषाध्यक्षमा भद्रा राजण्डारी सर्वसहमत निर्वाचित भएका थिए।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २२:३८