२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई मातृशाेक

२८ माघ, काठमाडाैँ । काठमाडाैं । पूर्व मन्त्री रामकुमार श्रेष्ठलाई मातृशाेक परेकाे छ । उहाँकाे आमा कृष्णकुमारी श्रेष्ठकाे एक सय एक वर्षकाे उमेरमा आज असामयिक निधन भएकाे हाे । रामकुमार श्रेष्ठ खिलराज रेग्मी प्रधानमन्त्री हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र शान्ति मन्त्रालय गरि ३ मन्त्रालयकाे मन्त्री हुनुहुन्थ्याे ।

“आमा साँझ खाना खाएर सुत्नु भएकाे हाे । राति ३ बजे शाैचालय गएर पुनः सुत्नुभयाे ।” कान्छा छाेरा राजेन्द्र श्रेष्ठले भन्नुभयाे “आमालाई विहान ६ बजे बाेलाउन जाँदा वेहाेस अवस्थामा हुनुहुन्थ्याे । त्यसपछि तत्कालै ग्रिनसिटी अस्पतालमा लैजाँदा अस्पतालले विहान ५:३० बजे नै निधन भएकाे घाेषणा गर्याे ।”

स्वर्गीय कृष्णकुमारी श्रेष्ठकाे तीन भाइ छाेरा र दुई बहिनी छाेरी हुनुहुन्छ । पूर्वमन्त्री रामकुमार श्रेष्ठ, डा. कृष्णकुमार श्रेष्ठ, ज्वाला श्रेष्ठ, अन्जना श्रेष्ठ र राजेन्द्रकुमार श्रेष्ठ । उहाँहरू सबै काठमाडाैंमा हुनुहुन्छ । स्वर्गीय श्रेष्ठकाे शव १२ बजेसम्म श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिएकाे पारिवारिक स्रोतले जानकारी दियाे ।

मन्त्री श्रेष्ठ गाेरखा जिल्ला, आरूघाट गाउँपालिका वडा ९, आरूघाट स्थायी निवासी हुनुहुन्छ भने हाल सबै परिवार काठमाडाैं सामाखुशीमा बस्दै आउनु भएकाे छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १८:११