५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

युनोप्सका कर्मचारीको हर्कतविरूद्ध पत्रकार महासंघको अापत्ति (विज्ञप्तिसहित)

१३ असोज, नुवाकोट । नेपाल पत्रकार महासंघले युनोप्सका कर्मचारीले अनियमितता लुकाउन पत्रकारका विरूद्धमा गरेको हर्कतमा अापत्ति जनाएको छ । महासंघका नुवाकोटका सचिव जगदिश खनालले शुक्रबार विज्ञप्ति मार्फत युनोप्सको गतिबिधिको घोर निन्दा गरेका छन । महासंघसँगै प्रेस चाैतारी, प्रेस सेन्टर र गैरसरकारी संस्था महासंघ नुवाकोटले छुट्टाछुट्टै विज्ञप्ति निकाली युनोप्सको गतिबिधिको निन्दा गरेका छन ।

स्थानीय तथा उक्त परियोजनाको कर्मचारी भर्ना प्रक्रृयामा छनौटमा नपरेका उम्मेदवारहरुले ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलार्इ धम्काएर उल्टै पत्रकारले धम्क्याएकाे भन्दै प्रहरीमा उजुरी गरेकोमा उनीहरूले अापत्ति जनाएका हुन ।  चारवटै संस्थाले प्रहरीमा दिएको डाडो उजुरी फिर्ता लिएर अात्मअालोचना गर्न अाग्रह गरेका छन ।

हेर्नुहोस विज्ञप्ति

पत्रकार महासंघको विज्ञप्ति

गैरसरकारी संस्था महासंघको नुवाकोटको विज्ञप्ति

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १३:५३