२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उपप्रधानमन्त्रीको कक्षमा पृथ्वीनारायण शाहको तस्बिर, राष्ट्रपति र प्रधानमन्त्रीको छैन

२७ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले मन्त्रालयको भेटघाट कक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर गायब पारेका छन । उनले मन्त्रालयको आफ्नाे भेटघाट कक्षमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमात्र राखेका छन ।

बिहीबार सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवासहितको टोलीसँग भएको भेटको लिङदेनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा बैठक कोठाको भित्तामा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर छैन भने पृथ्वीनारायण शाहको तस्बिर भने राखिएको छ ।

सरकारी कार्यालयका प्रमुखदेखि महत्वपूर्ण पदाधिकारीको कार्यकक्ष र बैठक कक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने प्रचलन रहेको छ । यद्यपी लिङदेन त्यो प्रचलन अन्त्यका लागि कदम चालेका छन । उनले निरन्तरतामा क्रमभंगता गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरकाे ठाउँमा राष्ट्रनिर्माता शाहको तस्बिर राखेका छन ।

लिङदेन राप्रपा भित्रको बिटुलो नभएको राजावादी नेता मानिन्छन् । राप्रपामा अहिले करिब एक दर्जन नेतामात्र त्यस्तो बिटुलो राजावादी नेता छन । यद्यपी लिङदेन पनि संविधानको दायराभित्रै बसेर आफ्ना मागलाई अघि बढाउने निष्कर्षसहित अहिले सरकारमा सहभागी भएका छन् । तस्बिरः राप्रपा प्रवक्ता मोहन श्रेष्ठको फेसबुकबाट साभार

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १०:४०