२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमालेले सत्ता साझेदारी बलियो बनाउने निर्णय गरेको एक घण्टामै ढल्यो सुदुरपश्चिम प्रदेश सरकार

२६ माघ, काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक मार्फत सत्ता साझेदारी बलियो बनाउने निर्णय गरेको एक घण्टामै सुदुरपश्चिमको एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । एमाले नेता राजेन्द्र रावलले मुख्यमन्त्रीको रूपमा प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि सरकार एक महिनामै ढलेको हो ।

यसअघि बिहीबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायीत्वका लागि वर्तमान सत्ता साझेदारीलाइ बलियो बनाउँदै लैजाने निर्णय गरेको थियो । सो बैठकले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएका छन ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले स्थायी कमिटी सदस्य गौतमलाई प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार २०:१८