९ असार २०८१, आईतवार | Mon Jun 24 2024

नक्कली प्रमाणपत्र मुद्दामा पूर्वन्यायाधीश ओमकार उपाध्याय दोषी ठहर


२६ माघ, काठमाडौं । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेकोमा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला गरेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १९:२६