२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अचनाक स्थगित, ओली र प्रचण्ड गम्भीर छलफलमा

२६ माघ, काठमाडौँ । सत्तारूढ दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अन्तिम समयमा अचानक स्थगित भएको छ । एमाले र माओवादीमा तयारी नपुगेका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ । बैठकअघि एमाले र माओवादी दुबै दलले आफ्नो आफ्नो रणनीति तयार गर्न बैठक गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको संयन्त्रको बैठक बुधबार ओली र प्रधानमन्त्री प्रचण्डको बीचमा सहमति भएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर संयन्त्रको बैठक बस्ने समयसम्म पनि एमालेको सचिवालय जारी छ भने त्यहीबीचमा अध्यक्ष ओली बैठक छाडेर प्रचण्ड भेट्न सिंहदरबार पुगेका छन ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १६:२४