१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

शुभम पावर कम्पनीको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यकै भर

२६ माघ, काठमाडाैं । शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड मिति तय भएकाे छ । माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणका लागि निष्काशन तथा बिक्री खुला भएकाे कम्पनीकाे आइपीओ माघ २७ गते शुक्रबार बाँडफाँड हुने भएको हो।

कम्पनीकाे आइपीओ बाँडफाँड क्यापिटलकाे कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा हुने कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

आइपीओ बाँडफाँड भने कुन समयमा हुने भन्ने निश्चित भइनसकेको क्यापिटलले जनाएको छ । कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्म १३ लाख ६० हजार ९७ जनाले कुल १ करोड ५० लाख ७३ हजार ६४० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेका हुनाले कम्पनीकाे आइपीओ पाउन भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १५:५३