मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि , के होला सेयर कर्जाको जोखिमभार ?
२६ माघ, काठमाडौं । यति बेला सबैकाे ध्यान मौद्रिक नीति तर्फ केन्द्रित रहेकाे छ । मौद्रिक नीतिको समीक्षा कस्ताे हाेला भन्ने सबैकाे चासाेकाे बिषय बनेकाे छ । सर्वसाधारण, निजी क्षेत्र र सेयर बजारका लगानीकर्ताहरूले यतिबेला मौद्रिक समीक्षालाई चासोका साथ हेरिरहेका छन् ।
उद्योग व्यवसाय धरासय हुँदै गएको र देश नै आर्थिक रुपमा संकटमा पर्न लागेको अवस्थामा राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई अर्थपूर्ण रुपमा हेरिएको छ । देशमा हुने धेरैजसो आर्थिक गतिविधिहरु मौद्रिक नीतिमा निर्भर रहने हुनाले उक्त समीक्षलाई अर्थपूर्ण रुपमा हेरीएकाे हाे ।
नेपाल राष्ट्र बैंकले भोलि ( माघ २६ गते शुक्रबार) मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षाको लागि भोलि बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले जनाएकाे छ ।
सञ्चालक समितिको बैठकपछि अर्धवार्षिक समीक्षा सार्वजनिक गरिने तयारी रहेकाे राष्ट्र बैंकले बताएकाे छ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भारकाे व्यवस्थामा संसोधन गर्ने तयारी गरेकाे जनाइएकाे छ ।
प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १४:४१












