फेसबुक प्रयोगकर्ताका लागि दुखद् खबर, पाँच करोड प्रयोगकर्ताको खाता ह्याक हुने खतरा
१३ असोज, काठमाडाैँ । फेसबुक प्रयोगकर्ताका लागि एउटा दुःखको खबर सार्वजनिक भएको छ । फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको हो । कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको बताएको छ ।
फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने काम गरेका हुन । फेसबुकले मंगलबार नै यस विषयमा प्रहरीलाई जानकारी गराएको छ । कमजोरीको विषयलार्इ लिएर फेसबुकले माफी मागेको छ ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार ०९:२९