१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

अझै भेटिएनन् नदीमा बेपत्ता भएका बालक

२६ फागुन, बैतडी । बैतडीमा आफन्तको मलामी गएका बेला महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बैतडीका एक बालक तीन दिनसम्म पनि भेटिएका छैनन् ।

शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी बिहीबार पौडी खेल्ने क्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

शिवनाथ गाउँपालिका–१ खाणघाटमा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार २०:५५