१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

छुट्ला है ! सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२६ माघ, काठमाडाैं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडकाे (आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन हाे। कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार ०८:५५