१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

ब्लास्टिङ गरेर माछा मार्न खोज्दा एकजनाको ज्यान गयो


२६ फागुन, इलाम । इलामको मंगलबारेमा ब्लास्टिङ गरेर माछा मार्न खोज्दा एकजनाको ज्यान गएको छ ।

इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनास्थल वरपर सलाईका काँटी फेला परेकोले राइले माछा मार्ने क्रममा ब्लास्ट भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेका स्थानियले बताएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार २०:५८