१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

सिभिल बैंकका कर्मचारीहरुले गरे आन्दोलन, देशभरको शाखा कार्यालयमा पेन डाउन

२५ माघ, काठमाडाैं । हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् । सहमति तोडेर हिमालयन बैंकले सिभिलबाट आउने तल्लो तहका कर्मचारीलाई घटुवा गर्ने भनेपछि आज देशभरको शाखा कार्यालयमा बिहान १० बजेदेखि २ घन्टा पेन डाउन पनि गरेकाे सिभिल बैंककाे कर्मचारी युनियनले जानकारी दिएकाे छ ।

कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको बताइएकाे छ । गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरिसकेका छन्। यी दुई बैंककाे एकिकृत काराेबार फागुनबाट सुरू गर्ने गरी अन्तिम तयारी भइरहेकाे छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १३:३०