कांग्रेस नेता एवं पूर्वसांसद कर्मा घलेको निधन
२४ माघ, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनी २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।
प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १७:५६












