२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रजातन्त्र दिवस मनाउन कार्यक्रम बनाउँदै प्रचण्ड, सिंहदरबारमा मूल समारोह समितिको बैठक

२४ माघ, काठमाडौं । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको छ ।

राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १२:२५