८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रभु बैंक र हिमालय दृश्य रिसोर्टबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

२४ माघ, काठमाडाैं । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रिसोर्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित “फुड” र “वेभरेज” (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ११:५५