२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गम्भीर राजनीतिक संकटको संकेत, एमालेको केन्द्रीय कमिटी अनिश्चितकालका लागि स्थगित

२३ माघ, काठमाडाैँ । देशमा राजनीतिक संकट गहिरिने संकेत देखिएको छ । सत्ता रूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छाडेपछि गहिरिएको राजनीतिक संकट थप बल्झिने देखिएको छ । एक अर्कालाइ देखाइदिने राजनीतिक दलहरूको अभ्यासका कारण सरकारले पूर्ण रूपमा पूर्णता नपाउँदै संकट उन्मुख भएको छ ।

यहीबीचमा चुनावपछि पहिलो पटक बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको बताए ।

सोमबार मात्र प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रूपमा सुरक्षा ब्रिफिङ पनि लिएको स्रोतले जनाएको छ । सोमबार नै तीन नेताको बीचमा छुट्टै छलफल पनि भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १७:५३