१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

४.५७ अंकले बढेर २१०० मा बन्द भयाे बजार, आदर्श लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट

२३ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५७ अकंले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ ।

आज २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे हाे । यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज पनि आदर्श लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ३ सय ३३ रूपैयाँ ८० पैसा पुगेकाे छ । आज लक्ष्मी बैंकको डिभेन्चर २०८८ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १५:२४