मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन, सीआरएन नम्बर भने यथावत्
२३ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक लिमिटेडका ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ ।
साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा मेगा बैंक लिमिटेड एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा पुस २७ गेतबाट एकीकृत कारोबार सुरु गरेको छ । कारोबार सुरु भएसँगै साविक मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको हो ।
खातावालाहरुले आफ्नो परिवर्तित खाता नम्बरबारे जानकारी लिन आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
साथै एनसीएचएल कनेक्ट आइपीएसमा आवद्ध ग्राहकहरुको खाता नम्बर बैंक मार्फत नै अद्यावधिक गरिसकिएको र हाललाई सी–आस्वा प्रयोजनार्थ ‘सीआरएन’ नम्बर समेत यथावत नै रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १४:३९