दोहोरी घन्क्यो एडिलेडमा
२३ माघ, एडिलेड । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान एडिलेड उप शाखाको आयोजनामा लोकदोहोरी सहितको वनभोज सम्पन्न भएको छ । लोकदोहोरी गायक मेक्सम खाती, सबिन भण्डारी, गायिकाहरु रोशिका लामिछाने, सवित्रा दनाई, कविता कडेल, शुशिला सापकोटा, अञ्जु ढुङ्गेल, निरु अधिकारी विच भएको दोहोरीले माहोल निकै तताएको थियो । चर्चित पानको पातमा भएको दोहोरीको माहोलमा नेपालबाट अभिभावकहरु समेतले निकै मनोरञ्जन लिएका थिए ।

कलाकार मेक्सम खातीको नयाँ गित ` होईन होला ….. ज्यानै दिने सानु माया´ बोलको गितलाई पनि दर्शकहरुले रुचाएका थिए । कार्यक्रममा नेपालबाट पारिवारिक भ्रमणमा आउनु लोक गायक बालकृष्ण सिग्देललाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । भने प्रतिष्ठानका नयाँ ३२ जना सदस्यहरुलाइ सदस्यताकध प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ओशियानका पुर्व उप संयोजक रमेश जोशी र अतिथिहरुमा एनआरएनएका ओशियाना उपसंयोजक नविन कडेल, साउथ अष्ट्रेलिया पुर्व अध्यक्ष नविन पन्त, पुर्व उपाध्यक्ष सन्तोषी गौतम, तथा बर्तमान उपाध्यक्ष संजय पुरी अतिथिका रुपमा रहेका थिए ।
दैनिकीसंग कुरा गर्दै उप शाखाका अध्यक्ष सबिन भण्डारीले प्रवासमा नेपाली लोक संगितको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १६:३६












