८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सेयरधनीहरुलाई नगद लाभांश लिन सनराइज बैंकको आग्रह

२३ माघ, काठमाडाैं । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले बैंकले सूचना प्रकाशित गर्दै ३५ दिनभित्र लाभांश लिन आग्रह गरेको हाे ।

सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार सनराईज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडाैंमा सम्पर्क गरी उक्त लाभांश लिन सक्नेछन् । तेकिएकाे समय अवधिभित्र सेयरधनीहरूले उक्त नलिएमा लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा ९९० बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १३:२६