२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

विप्लव र प्रकाण्ड बोकेर कृष्णबहादुर महरा बालुवाटारमा

२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपामा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।प्रचण्डसँगको भेटका लागि विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बालुवाटार पुगेका थिए । भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न विप्लव गत शनिवार काठमाडौँ आएका थिए । यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका नेता महरालाई भेटेका थिए । विप्लवले बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार २०:१४