२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मिथिला लघुवित्तले बाेलायाे साधारणसभा, सेयर संरचना परिवर्तन हुने

२२ माघ, काठमाडाैं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड साधारणसभा आह्वान गरेको छ । कम्पनीकाे सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको १४ औँ बार्षिक साधारणसभा फागुन १७ गते न्यु बौवा होटल एण्ड गेष्ट हाउस, लालगढ धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले फागुन ५ बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १३:५०