पत्रकार र समुदायका अगुवा बिच अन्तरक्रिया सम्पन्न
२२ माघ, एडिलेड । अष्ट्रेलिन नेप्लिज जर्नालिस्ट एशोसियसन(एन्जा)को आयोजनामा साउथ अष्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्था प्रमुख तथा अगुवाहरु र एन्जा विच अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुवात गर्दै एन्जा अध्यक्ष चिरञ्जीवी देवकोटाले नेपाली समुदायका अगुवाहरु संग अन्तरक्रिया गरि नेपाली समुदायको हितमा थप कार्य गर्न सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएकाले नेपाली पत्रकार र समाचारका विषयमा सुझावहरु र प्रश्नहरु राख्न अनुरोध गरेका थिए । पत्रकार मिलन दहालले सहभागीहरु स्वागत गर्दै एन्जा र यसको गतिविधी बारेमा प्रकाश पारेका थिए ।
नोभेम्वरमा सम्पन्न साधारण सभाबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो सार्वजनिक कार्यक्रममा साउथ अष्ट्रेलियामा रहेका एनआरएनए लगायतका ३० भन्दा धेरै संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विभिन्न सुझाव तथा प्रश्नहरु राखेका थिए । एनआरएनए साउथ अष्ट्रेलियका पुर्व अध्यक्षहरु रमेश जोशी, नविन कडेल, एडिलेड नेपाली विद्यालयका शिक्षक तथा प्रतिनिधि सुरेन्द्र रेग्मी, एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेल, नेपाली पाठशालाका शिक्षक तथा प्रतिनिधि कपिल पाण्डे, नेपाली भजन कीर्तन समुह एडिलेडका अध्यक्ष गणेश पराजुली, प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडी, एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइराला, मगर समाजका अध्यक्ष गोविन्द राना, एनआरएनए साउथ अष्ट्रेलिया सचिव विनोद वानिया, साथी एडिलेडका पत्रकार विकास पौडेल, युवा व्यवसायी सुजन एसी, रेड राईनो क्रिकेट क्लवका अध्यक्ष हेम श्रेष्ठ लगायतले सुझाव तथा प्रश्नहरु राखेका थिए ।

एन्जा अध्यक्ष देवकोटाले प्रश्नहरुले जवाफ दिदै एन्जाको कुनै सदस्यको समाचारमा आपत्ती भए वा कुनै गुनासो भए एन्जामा सम्पर्क गर्न आग्रह गरे । उनले कुनै प्रकारको पत्रकार आचार संहिता विपरितका कार्य कुनै सदस्यले गरे प्रमाण सहित लिखित रुपमा आएमा श्रोतलाई गोपनियता राख्दै एन्जाले छानविन गर्ने र दोषी पाईए कार्वाहि गर्ने समेत बताए ।
कार्यक्रममा पत्रकारहरुका तर्फबाट समुदाय संगका समाचार प्रकाशन गर्न पठाउदा पठाउनु पर्ने सुचनाहरुका वारेमा समेत देवकोटाले प्रकाश पारेका थिए । एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले सामुदायिक संस्थाहरुले गरेका कामहरुको पत्रकारहरुले अष्ट्रेलियाको नेपाली समुदाय मात्र नभएर नेपाल सम्म पनि प्रचार प्रसार गर्न सहयोग गरिरहेको बताईन ।

कार्यक्रममा सहजकर्ता साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले यस्ता छलफलहरुले पत्रकारहरु र सामुदायिक संस्थाहरु विच थप सहकार्यका लागि बाटाहरु पहिल्लाउन सकिने बताईन ।

कार्यक्रमका सहजकर्ता सामाजिक अभियन्ता ई.राजु उपाध्याय ले कार्यक्रमको निष्कर्षका रुपमा एन्जा सदस्यहरुले आचार संहिता भित्र रहेर काम गर्नु पर्ने बताए । उनले सकारात्मक नेपाली समुदायलाई प्रेरणा मिल्ने खाल्का समाचारहरुलाई प्रथमिकता दिन आग्रह गरे । उपाध्यायले मेन स्ट्रिममा काम गरेका पत्रकारहरुलाई जोड्नु आवश्यक रहेको बताए ।
एन्जा कार्यसमिति सदस्य बासुदेव मरहठ्ठा समेतको उपस्थिति रहेको कार्यक्रमको संचालन गर्दै महासचिव नारायण खड्काले अष्ट्रेलियामा समुदायिक पत्रकारिता गर्दा पत्रकारहरुका समस्या लगायत विविध विषयमा समेत प्रकाश पारेका थिए । दैनिकी तथा केबिसी खबरका पत्रकार बालगोपाल उपाध्यायले अष्ट्रेलियामा नेपाली समुदायको अपेक्षा र पत्रकारहरुको अवस्था वारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १३:०४












