२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

समता घरेलु लघुवित्तले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

२२ माघ, काठमाडाैं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

साविक समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई एकिकृत कारोबार गरेकोले कर छुट हुने हुँदा कर प्रयोजनको लागि नगद लाभांश नछुट्याईएको कम्पनीले जनाएको छ । २०७८ बैशाख २ गते पछि शेयर खरीद गर्ने लगानीकर्ताले बोनसमा लाग्ने कर आफै तिर्नु पर्ने कम्पनीले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:११