स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल
२२ माघ, काठमाडाैँ । स्वास्थ्य पत्रकार मञ्च नेपालको पाँचाै राष्ट्रिय अधिवेशनले सरोज ढुंंगेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । स्वास्थ्य विधामा कलम चलाउने पत्रकारहरुकाे छाता संस्थाका रुपमा रहेकाे मञ्चमा वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना, महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा र सिर्जना कार्की चयन भएका छन्। अधिवेशनबाटै मञ्चको प्रदेश संयोजकहरू समेत तोकिएको अध्यक्ष ढुंगेलले बताए । उनका अनुसार प्रदेश १ मा जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा बिना न्यौपाने, लुम्बिनी प्रदेशमा बासुदेव न्यौपाने र कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन भएका छन्। यसअघि रामप्रसाद न्याैपानेको अध्यक्षमा कार्यसमिति रहेको थियो ।
प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ०९:४८












