१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

थप ५ कम्पनीले घोषणा गरे लाभांश, सेयरधनीहरुलाई बोनस र नगद कति ?


२२ माघ, काठमाडौं । विभिन्न ५ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । गत साता आर्दश लघुवित्त, नाडेप लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने बोनस र नगद लाभांश प्रस्ताव गरेका हुन् ।

१) नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षकाे मुनाफाबाट सेयधनीका लागि हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

३) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

४) सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

५) उपकार लघुवित्त

उपकार लघुवित्तको माघ १३ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीका ६१.७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यी ५ वटा कम्पनीहरुले प्रस्ताव गरेकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ०९:३५