मेन्छियाम हाइड्रोपावरले आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
२० माघ, काठमाडाैं । मेन्छियाम हाइड्रोपावरले आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १५:३३












