कति पाउला कालिञ्चोक दर्शनको आईपीओले ओपनिङ्ग रेञ्ज ?
२० माघ, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड माघ १९ गते सम्पन्न भइसकेकाे छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो । अहिले यस्तै चासोको बिषयमा रहको छ कालिञ्चोक दर्शन ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ७८ रूपैयाँ १५ पैसादेखि अधिकतम २ सय ३४ रुपैयाँ ४५ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ७८ रूपैयाँ १५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ३४ रुपैयाँ ४५ पैसा हुन्छ ।
प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १४:२१












