१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

रिलायन्स लाइफ इन्स्योरेन्सले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

२० माघ, काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको बैठकले वार्षिक साधारणसभा फागुन १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्र, अन्तिम सम्झौतापत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्नेछ। मर्जरपछि कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गर्ने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ।

सभाले मूल्यांकनकर्ताबाट तयार भएको डीडीए रिपोर्ट र १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने सहमति पनि स्वीकृत गर्नेछ। साथै, सभाले कम्पनी हाल कायम सेयर संरचना संस्थापको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हिस्सा परिमार्जन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसअनुसार अब संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गरिने र सोहीअनुसार प्रबन्धपत्र र निमायवलीमा संशोधन गरिनेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ११:२१