५ अर्बको ऋणपत्र बिक्री गर्दै ग्लोबल आइएमई बैंक, कति पाइन्छ ब्याज ?
२० माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई र सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।
बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ग्लोबल आइएमईले ५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। ग्लोबल आइएमई बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले यो ऋणपत्रमा फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भने फागुन १४ गतेसम्म बिक्री खुला गरिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १०:३८