१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

स्वावलम्बन लघुवित्तले सेयर संरचना परिवर्तन गर्ने, अब संस्थापक र सर्वसाधारणको कति ?


२० माघ, काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने भएको छ। लघुवित्त कम्पनीमा हाल संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ।

अब संस्थाले सेयर संरचना परिमार्जन गर्दै संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने भएको हो। सेयर संरचना ६०ः४० कायम गर्न मञ्जुरनामा पेस गर्न संस्थापक सेयरधनीहरुलाई संस्थाले ३५ दिनको समयसीमा दिएकाे छ ।

उक्त समयावधिभित्र कुनै पनि मञ्जुरनामा वा फरक धारणा प्राप्त हुन नआएमा स्वतः मञ्जुर भएको ठानी सोहीबमोजिम संस्थाको सेयर संरचना परिवर्तन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ०९:३७