२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

अझै दुई दिन सरकारमै बस्ने रवि लामिछाने नेतृत्वको रास्वपाको निर्णय

१९ माघ, काठमाडाैँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै दुई दिन सरकारमै बस्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले अझै दुई दिन सरकारमै रहने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

रास्वपाले गृह मन्त्रालयबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी दिनदिनै दिइरहेको छ । बिहीबार त सभाति लामिछानेले फेसबुकमा टिप्पणी राख्दै कडा चेतावनी दिएका थिए ।

यद्यपी पार्टीको बैठकमा प्रष्ट दुइधार देखिएर पार्टी नै विभाजन हुने अवस्थामा पुग्ने भएपछि लामिछानेले प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्षको अनुरोध भन्दै दुई दिनका लागि सरकारमै बस्ने निर्णय भएको महामन्त्री ढकालले बताएका हुन ।

उनले दुई दिनमा पनि गृहमन्त्रालयको साँचो नपाए सरकार छाड्ने बताए । तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको रास्वपाले पाँच दिनमा सात पटक चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार २०:५७