१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

१९ माघ, काठमाडाैं ।  नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार बाँकेबाट पक्राउ गरेर उनलाई प्रहरीले कैलाली लैजाँदैछ । कैलाली क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् ।

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:२५