सिटिजन बैंकको सीईओमा पुनः पोखरेल नियुक्त
१९ माघ, काठमाडाैं । सिटिजन बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको माघ १८ गते बसेको संचालक समितिको बैंठकले पोखरेललाई सिईओमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिले पोखरेललाई अप्रिल १, २०२३ बाट लागु हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्ति गरेको हो । पोखरेलको पहिलो कार्यकाल आगामी चैत १८ गते सकिँदै थियाे । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई पुनः नियुक्त गरिएकाे बैंकले जनाएको छ ।
प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १२:२५