१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

थप २ कम्पनीले घाेषणा गरे लाभांश, सेयरधनीलाई बाेनस र नगद कति ?


१९ माघ, काठमाडाैं । विभिन्न २ कम्पनीहरूले लाभांश घाेषणा गरेका छन् । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सेरधनीका लागि वितरण गर्ने लाभांश घाेषणा गरेकाे हुन् ।

१) नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षकाे मुनाफाबाट सेयधनीका लागि हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यी दुबै कम्पनीकाे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाइ वितरण गरिने छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ११:०८