१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेडमा नाच्ने हैन त लोकदोहोरीमा ?

१८ माघ, अष्ट्रेलिया । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको एडिलेड उप शाखाको आयोजनामा फ्रेब्रअरी ४ शनिवार सांस्कृतिक कार्यक्रम सहितको वनभोज हुने भएको छ ।

प्रवासमा लोक दोहोरीको जगेर्ना गर्दै नेपाली मौलिक संस्कृतिका वारेमा प्रवासमा हुर्केको नया पुस्तालाई जानकारी दिने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठान एडिलेड उप शाखाका अध्यक्ष सबिन भण्डारीले बताए ।

अध्यक्ष भण्डारीले साउथ अष्ट्रेलिया रहेको नेपाली समुदाय सहित नेपालबाट आउनु भएका अभिभावकहरु सबैलाई सहभागिताका लागि निमन्त्रणा गरिएको बताए । उनले नेपालमा लोक दोहोरीको क्षेत्रमा चर्चा कमाएर अध्ययन था रोजगारीको शिलशिलामा साउथ अष्ट्रेलियामा रहनु भएका कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हुने बताए ।

शनिवार दिनको १ बजेबाट सुरु हुने सास्कृतिक कार्यक्रमको बेलुकी ७ बजे समापन हुने र सहभागीहरुका लागि विभिन्न नेपाली खानाका परिकारहरु समेत व्यवस्था गरिएको बताए । स्थानिय अकल्याण्ड पार्कमा आयोजना हुने कार्यक्रमको प्रवेश नि शुल्क रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको एडिलेड उप शाखाको गठन सबिन भण्डारीको अध्यक्षतामा गत वर्ष भएको हो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ००:१२