१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

मनकामना इन्जिनियरिङ्ग हाइड्रोले आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डमा दियाे निवेदन

१८ माघ, काठमाडाैं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १२:५७