२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रवि लामिछानेको फैसलाको पूर्णपाठ नआउँदासम्म माओवादीले गृह मन्त्रालयबारे निर्णय नलिने

१७ माघ, काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले भने, ‘अदालतबाट पूर्णपाठ आउन बाँकी छ । अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १४:५९