२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिए गौतम अडानी

१७ माघ, काठमाडाैं । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। लामो समयदेखि शीर्ष १० मा पर्दै आएका भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानी दुवै अहिले सूचीबाट बाहिरिएका छन्।

अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अडानी समूहका कम्पनीको सेयरमा आएको सुनामीका कारण उनीहरुको कुल सम्पत्ति ८४ अर्ब ४० करोडमा झरेको छ ।

गौतम अडानीको नेतृत्वमा रहेका कम्पनीको सेयरमा तीव्र गिरावट आएको छ साथै उनको नेटवर्थमा यसको प्रभाव यस्तो परेको छ कि एक सातामै उनी धनीको सूचीबाट बाहिरिएका छन् ।

गौतम अडानीको नेटवर्थ हिन्डनबर्ग रिपोर्ट बाहिर आएपछि अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट आएको छ। यो रिपोर्ट प्रकाशित भएको एक सातामात्र भएको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ८४.४ बिलियन डलरमा झरेको छ। यो नेटवर्थका साथ अडानी विश्वका धनाढ्यको सूचीमा ११ औँ स्थानमा झरेका छन्।-एजेन्सी

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १३:४३