उच्च अंकले घटेकाे बजारमा यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
१६ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो काराेबारकाे दिन दोहोरो अंकले घटेको सेयर बजार साेमबार भने उच्च अंकले घट्न पुगेकाे हाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०१ अकंले घटेर २१२७.५२ बिन्दुमा बन्द भएको छ । आज २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १७ करोड ६५ लाख ४० हजार रुपैयाँको कारोबार भएकोछ । रिडी पावरको १० करोड ४८ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड ३५ लाख रुपैयाँ र अपि पावरको ७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १५:२१












