२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै सिद्धेश्वर खानेपानी संस्थाको अध्यक्षमा एमालेका देवकोटा निर्वाचित

१६ माघ, सिन्धुली । काग्रेस माओवादी गठबन्धनका उम्मेरदवार पराजित गर्दै सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यक्षमा एमालेका घनश्याम देवकोटा निर्वाचित भएका छन्।

मिनी नगर इलेक्सनको रुपमा हेरिएको निर्वाचनमा एमालेका घनश्याम देवकोटाले निकाटतम प्रतिद्वन्दी गठबन्धबाट साझा उम्मेरद्वार बनेका कांग्रेसका सुरज मिश्र ९शेखर० लाई २ सय ८१ मतले पराजित गरेका हुन्। देवकोटा १ हजार ६२ मत सहित विजय भएका हुन भने मिश्रले ७८१ मत प्राप्त गरेका थिए। त्यसैगरी स्वतन्त्र उम्मेरद्वार लोक विक्रम थापाले ४०१ मत पाएका थिए। ९८ मत बदर रहरेको थियो।

 

सस्थाको बहुमत सदसयमा एमालेका उम्मेरद्वार विजयी भएका छन् । बिधान अनुसार अध्यक्ष सहित ५ खुल्ला सदस्य र ३ महिला सदस्य पदको लागि निर्वाचन भएको थियो थियो। सदस्यहरुमा एमालेका शारदा ढकाल ९चौलागाई०, सुमना थापा, ईन्द्र बहादुर भुजेल, दशरथ कुमार थापा र कपिल कुमार श्रेष्ठ विजयी भएका छन्। त्यसैगरी, काग्रेसका चन्द्रकला खड्का र लवदेव जोशीले विजय हाँसिल गरे। यता स्वतन्त्र उम्मेरद्वार विज्ञान ढकाल बिजयी हुँदा गठबन्धनमा माओवादीको तर्फबाट उम्मेरद्वार बनेका सम्पूर्णले सर्वनाश हार बेहोरेका छन्।

यस निर्वाचनलाई एमाले र काग्रेस माओवादी विचको गठबन्धनले प्रतिष्ठाको रुपमा लिएका थिए। सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थामा सिन्धुलीको कमलामाई नगरपालिकाका ४, ५ ,६ र ७ वडाहरुका कुल २हजार ८ सय ९३ उपभोक्ता रहेका छन्। गत शनिवार भएको निर्वाचन २ हजार ३ सय ४२ मत खसेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १४:१९